रौतहट,७ पुस |

रौतहटको गरुडा नगरपालिका-५ महम्मदपुर स्वास्थ्य चौकी शिवनगरमा परिवार नियोजन तथा स्थाई बन्धयाकरण तीन दिने शिविर शुरु भएको हो। सो शिविरको शनिबार एक समारोहका बिच नगर प्रमुख कन्थमनी प्रसाद जयवसालले उद्घाटन गरेका हुन । उक्त शिविर पुस ७ गते शनिबारदेखि सोमबार साझ सम्म संचालनमा रहने गरुडा नपाका स्वास्थ्य संयोजक प्रवीण झाले जानकारी दिएका छन। नगर भरिकाका करीब १ सय ५० जना महिलालाई सो सेवा लिन पाउने जनाएको छ। काठमाडौंका विशेषज्ञ डाक्टरहरुको टोलिले लगातार तीन दिनसम्म सो शिविर मार्फत सेवा दिईने संयोजक झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here