कञ्चनपुर, ७ पुस |

शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीस्थित शिवशङ्कर माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको बौद्धिक अपाङ्गता स्रोत कक्षा आर्थिक अभावमा सञ्चालन हुँदै आएको छ ।छुट्टै कक्षाकोठा नहुँदा बौद्धिक अपाङ्गता भएका बाललिकालाई छात्राबासको बरण्डामा राखेर पढाउनुपर्ने अवस्था छ । राष्ट्रपति शैक्षिक कार्यक्रममार्फत आव २०७९/८० मा निर्माण भएको दुईकोठे भवनमा बालबालिकालाई बस्न छात्राबासको व्यवस्था गरिएको छ । भवन अपाङ्गमैत्री नहुँदा बालबालिकालाई समस्या रहेको छ । छात्राबास रहेको भवनको वरिपरि घेरबार नहुँदा विद्यार्थी बाहिर भाग्ने डरसमेत उत्तिकै रहेको विद्यालयका स्रोत शिक्षक बलदेव भट्टले बताउनुभयो ।विद्यार्थी बाहिर गएर हराउने सम्भावना पनि छ, नगर प्रमुख अनुगमनमा पुगेका बेला छात्राबाससँगै घेरबारको समस्या राखेका हौँ, अश्वासन त दिएका थिए, अहिलेसम्म पूरा गर्ने सुसारसम्म गरिएको छैन ।” विद्यालयको मुख्य द्धार बजेट अभावका कारण विद्यालयले निर्माण गर्न सकेको छैन ।विद्यालयसँग छात्राबासका रुपमा प्रयोग भइरहेको भवन परम्परागत शैलीमा निर्माण भएको हँुदा छात्रछात्रालाई बस्न निकै अप्ठ्यारो रहेको छ । कक्षामा सात छात्र र पाँच छात्रा गरी १२ बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत रहेका छन् ।“पर्याप्त बस्ने व्यवस्था नहँुदा बौद्धिक अपाङ्गता भएका बढी विद्यार्थी भर्ना लिन सकेका छैनौँ”, विद्यालयका प्रधानाध्यापक विष्णुदत्त जोशीले भन्नुभयो, “धेरै ठाउँबाट बालबालिका भर्नाका लागि अभिभावक पुगेका थिए, छात्राबासमा राख्ने ठाउँ नहुँदा फिर्ता गर्नुपरेको छ ।” छात्राबासमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर नगरपालिका र बझाङ तथा बैतडीलगायत क्षेत्रका बौद्धिक अपाङ्गता भएका छात्रछात्रा पढ्दै आएका छन् । बौद्धिक अपाङ्गता भएका छात्रछात्राको पठनपाठन, सरसफाइ र रेखदेखका लागि एक स्रोत शिक्षक, एक सहयोगीको व्यवस्था गरिएको छ ।

विद्यालयमा आवासीयरुपमा पढ्दै आएका बौद्धिक अपाङ्गता भएका छात्रछात्रालाई जनही मासिकरुपमा रु चार हजारका दरले १० महिनासम्मका लागि रकम प्रदान हुने गरेको छ । सोमध्ये बौद्धिक अपाङ्गता विद्यार्थीलाई मासिकरुपमा खर्चबापत रु पाँच सय उपलब्ध गराउनुपर्छ ।रु तीन हजार पाँच सय रकमले छात्राबासमा बस्दै आएका बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई खाना, लत्ताकपडा, स्टेशनरी, ओढ्ने बिछ्याउने कपडा, साबुन, सोडा लगायतको व्यवस्था मिलाउनुपर्छ ।यसबाट पर्याप्त लत्ताकपडा र आवश्यकीय सामानको जोहो गर्न कठिन छ, विद्यालयका अन्य शीर्षकबाट रकम जोरजम्मा गरी जेनतेन स्रोत कक्षा सञ्चालन गर्दै आएका छौँ ।” दिनको एक पटक नास्ता, दुईपटक खानाको व्यवस्था गर्न नै अप्ठ्यारो रहेको उहाँ बताउनुहुन्छ ।बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई विद्यालयमा व्यवहारिक ज्ञानसँगै सरसफाइ, हात धुने, कपडा सफा गर्ने, शौचालय प्रयोग गर्ने, नङ काट्ने, कपडा लगाउने, कपाल मिलाउने कुरा सिकाइने गरिन्छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई सक्षमताका आधारमा कक्षामा भर्ना गरी पढाउने कार्यसमेत हुँदै आएको छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीका लागि भनेर पाठ्यक्रम र पाठ्यपुस्तक भने अहिलेसम्म नबनाइएको विद्यालयका शिक्षकको भनाइ छ । छात्राबासमा बसेर पढ्दै आएका विद्यार्थीको बानीमा भने सुधार हँुदै गएको स्रोत शिक्षक भट्ट बताउनुहुन्छ ।अहिले सबै जनाले व्यक्तिगत सरसफाइ आफैँ गर्छन्, गर्न नसक्नेलाई आयाले सहजरुपमा सिकाइदिनु हुन्छ, धेरै जनाले अक्षर चिन्ने र लेख्ने कार्य पनि गर्दै आएका छन् ।उहाँका अनुसार बौद्धिक अपाङ्गता भएका व्यक्तिको स्मरण शक्ति ६० देखि ७० प्रतिशतसम्म भए सक्षम मानिन्छ । कक्षामा पढ्दै आएका बौद्धिक अपाङ्गता भएका विद्यार्थीको आइक्युमा स्मरण शक्ति २५ देखि ३० प्रतिशतसम्म रहेको पाइएको छ ।विद्यालयमा विसं २०७५ देखि बौद्धिक अपाङ्गता कक्षा सञ्चालन हुँदै आएको छ । जिल्लाको शिवशङ्कर माध्यमिक विद्यालयसँगै महाकाली माध्यमिक विद्यालय बेलौरी र महेन्द्रनगर माध्यमिक विद्यालय कटानमा गरी तीन विद्यालयमा बौद्धिक अपाङ्गता कक्षा सञ्चालन हुँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here