काठमाडौँ, ६ पुुस |

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एक आधार भएकाले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने अभ्यास लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो । उहाँले संविधान तथा कानुनले प्रदान गरेको जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति खुसी व्यक्त गर्नुभयो ।राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका कामकारबाहीहरु समेटेर पेस गरेको प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारीरूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त आर्थिक वर्ष मुलुकका लागि निर्वाचनमय वर्ष भएकाले सफलतापूर्वक सम्पन्न भएका विभिन्न तहका निर्वाचनका बारेमा प्रतिवेदनमा समेटिएको जानकारी गराउनुभयो । उहाँले निर्वाचनलाई मितव्ययी, पारदर्शी र व्यवस्थित तुल्याएको उल्लेख गर्नुभयो । सो अवसरमा आयोगका आयुक्तहरू र उच्चाधिकारीको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here