काठमाडौँ,५,पुस ।

सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।पद तथा गोपनीयताको शपथ लिनुहुने न्यायाधीशहरुमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल हुछन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनीहरुलाई न्यायाधीश पदमा नियुक्ति गरेका थिए ।बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here