विराटनगर,१२,मंसिर ।

मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।२६ कात्तिकमा उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । प्रहरीका अनुसार सोमबार राति उर्लाबारी नगरपालिका-७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा मृत्यु भएको हो ।काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । योसँगै सो घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।यसअघि उर्लाबारी ७ कै  ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।२६ कात्तिक लक्ष्मीपूजाको दिन राति साढे १० बजे उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो ।आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइते भएका थिए ।घाइते मध्ये सात जनाको अवस्था गम्भीर थियो । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here