ताप्लेजुङ, १० मङ्सिर |

नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । आज एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो ।ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुङ्गा प्रहार पहिचान पक्षधरबाट भएको जनाइएको छ । प्रहरीले स्कटिङ गराएर लैजाँदै गर्दा केही पहिचान पक्षधर युवाले लुकेर ढुङ्गा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ । ढुङ्गा प्रहारबाट अन्य क्षति भएको छैन ।
यसअघि आजै बिहान पहिचान पक्षधरले पहिचानको विरोध गरेको आरोप लगाउँदै भट्टराई निवास अघि कालो झण्डासहित नाराबाजी गरेर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा एमालेका युवा नेता कार्यकर्ता र प्रर्दशनकारीबीचमा झडप भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here