काठमाडौँ, १० मङ्सिर |

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अष्टे«लिया जाँदै हुनुहुन्छ ।संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो ।युएनडिपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद् र न्यू साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्मा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नुहुनेछ । उक्त टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here