काठमाडौँ, ८ मङ्सिर |

सार्वजनिक संस्थानहरुले संरचनागत सुधारसहित कार्ययोजना बनाएर काम नगरे सेवा प्रवाह प्रभावकारी हुन नसक्ने सार्वजनिक प्रशासनका जानकारहरूले बताएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानका प्रमुखहरूसँग आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले प्रभावकारी सेवा प्रवाहका निम्ति कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।पुरानो कार्यशैली र संरचना तथा परम्पराका नाममा हुने कार्यप्रणालीले दैनिक कार्यालय सञ्चालन भए पनि प्रभावकारी सेवा प्रवाह हुन नसकेको उनीहरूको विश्लेषण छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कार्ययोजना तर्जुमा नगरी गरिने कामबाट निर्धारित लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो । धेरै संस्थाका बारेमा कार्ययोजनाबिना काम अघि बढाइँको, प्रक्रिया मिचेको र प्रक्रियागत त्रुटिलाई लिएर पनि उजुरी परेपछि आयोगले छानबिन गरेको प्रमुख आयुक्त राईले बताउनुभयो । “उजुरी परेपछि कार्यालयको काम गर्न मनोबल घट्छ । मानसिक तनाब हुन्छ तर डराउनुपर्दैन । नियमअनुसार प्रक्रिया पुगेका विषयमा अख्तियार अनुसन्धान आयोगले सामन्य सोधपुछ गरेर टुङ्ग्याउने गरेको छ, ।कार्यक्रममा आयोगका आयुक्तहरु किशोर सिलवाल, हरि पौडेल, सुमित्रा श्रेष्ठ ९अमात्य० जयबहादुर चन्दले सार्वजनिक संस्थानको पुनःसंरचना र सुधारको कार्ययोजना आवश्यक भएको बताउनुभयो । आयोगका सचिव रामेश्वर दङ्गाल, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्करलगायत वक्ताले सार्वजनिक संस्थान सुधारका लागि नीतिगत सुधारसँगै योजना कार्यान्वयन गर्न आवश्यक भएको बताउनुभयो ।अन्तरक्रियामा ४४ वटा सार्वजनिक संस्थानका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो । सहभागी संस्थान प्रमुखहरुले काम गर्न कानुनी जटिलता रहेको, प्राविधिक जनशक्तिको अभाव रहेको र ट्रेड युनियनको प्रभाव धेरै भएकाले काम गर्न कठिन भएको वास्तविकता प्रस्तुत गरेका थिए ।आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालले विकास निर्माण तथा सार्वजनिक खरिदसम्बन्धी सवाल, संरचनागत सुधार र सार्वजनिक सेवा प्रवाहबारे अख्तियारमा परेका उजुरीका विषयमा र अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालले सार्वजनिक संस्थानहरुको अवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here