सुन्दरहरैँचा (मोरङ) ७ मङ्सिर |

सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन पवित्र तीर्थस्थल वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला सुरू भएको छ ।हरेक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताउनुुभयो । मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरी काम गरिएको उहाँले सुनाउनुभयो ।मेलाका लागि अन्तरिक तथा बाह्य गरी पाँच लाख बढी भक्तजनको सहभागिता रहने बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । मेला सफलताको लागि बगर सम्याउने, रङ लगाउने, मन्दिर सिँगार्ने साथै नियमित सरसफाइ गरेको उहाँले बताउनुभयो ।हिन्दू धर्मका प्रमुख चार धाममध्ये एक मानिएको बराहक्षेत्रमा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध तथा धार्मिक महत्व बोकेको मेला भएको नेपालका प्रथम जगदगुरू बालसन्त मोहनशरण देवाचार्यले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here