७ माघ, काठमाडौं ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन ।
संसदमा लामिछानेले सँगै उपस्थित भयका एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ती निकाल्न लगाएर केटाकेटीपना प्रर्दशन गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । प्रतिनिधिसभा बैठकमा शनिवार सुरुवातमै बोल्दै सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ती निकाल्दै जाने हो भने यसको मुलुकलाई कुन अवस्थामा पु¥याउने हो भने पनि प्रश्न समेत गर्नु भयो ।
खतिवडाले भने के गृहमन्त्रीलाई प्रहरीले टेर्न छोडेको हो भन्दै त्यसको जवाफ समेत माग गरेका हुन । सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानवीनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरेका छ्न ।खतिवडाले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ठगि नगर्न , छल्ने काम नगर्न पनि सचेत गराउनु भयो ।







