बेलायत, ३० कात्तिक ।
चरम आर्थिक संकटबाट गुज्रिरहेका पाकिस्तानले युक्रेनलाई गोलाबारुद र सैन्य सामग्री विक्री गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।आर्थिक संकटमा परेको पाकिस्तानले रुससँगको युद्धमा युक्रेनलाई गोलाबारुद आपूर्ति गर्न गत वर्ष हतियार सम्झौतामा ३६४ मिलियन डलर कमाएको बीबीसीलाई उढृत गर्दै रिपोर्ट सार्वजनिक भएका हुन् ।बेलायती सैन्य कार्गो विमानले पाकिस्तानको वायुसेना बेसबाट साइप्रसको ब्रिटिश सैन्य आधार र त्यसपछि रोमानियामा पाँच पटक उडान गरेको बताइएको छ । तर इस्लामाबादले युक्रेनलाई कुनै गोलाबारुद उपलब्ध गराएको अस्वीकार गर्दै आएको छ ।







