काठमाडौं,३० कात्तिक  ।

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरेको छ ।भारतको इडेन गार्डनमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले वर्षाले खेल रोकिनु अघिसम्म १४ ओभरमा ४ विकेट गुमाएर ४४ रन बनाएको छ ।उसको सुरुवात राम्रो हुन सकेन । ओपनर टेम्बा बवुमा शून्यमै आउट भए भने क्विन्टन डि कक पनि ३ रनमा आउट भएपछि पावर प्लेमा दक्षिण अफ्रिकाले २ विकेट गुमाएर मात्र १८ रन बनायो ।एडेन मार्करम १० र रासी भान डेर पनि ६ रनमा आउट भएपछि दक्षिण अफ्रिका निकै दबावमा आएको छ । १४ ओभरको खेल समाप्तिपछि वर्षाका कारण खेल रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here