काठमाडौं,२४,कात्तिक ।
भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा चितुवा फेला परेको छ ।चितुवालाई नियन्त्रणमा लिन वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको छ । टोलीमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्ट पनि छन् ।एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिइँदै छ । ‘डार्ट भइसकेको छ, एकछिनपछि बेहोस् भएपछि नियन्त्रणमा लिन्छौं,’ वन अधिकृत पराजुलीले अनलाइनखबरसँग भने । उनका अनुसार चितुवा बयस्क छ ।चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेपछि पराजुलीको नेतृत्वमा टोली परिचालित भएको थियो ।







