काठमाडौं २३ कात्तिक, ।

हङकङमा हुने चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानी इन्दु बर्माले गर्ने भएकी छिन् ।गत हप्ता टोलीको प्रारम्भिक नामावलीमा सार्वजनिक गर्दा कप्तान घोषणा गरिएको थिएन । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार हङकङमा हुने चार देशीय शृङ्खलाका लागि मात्र इन्दुलाई कप्तानी दिइएको हो ।‘रुबिना क्षेत्री लामो समयदेखि नेपाली महिला टिमको कप्तान हुनुहुन्थ्यो । उहाँँहरुले अफिसियल मेल मार्फत नै जानकारी गराएपश्चात हामीले विशेषत यो सिरिजका लागि इन्दुको कप्तानी परीक्षण र नयाँ पुस्तालाई जिम्मेवारी दिन तयार गर्न खोजेका हौं’, उनले भने ।इन्दुको कप्तानी सही सावित भए उनले निरन्तरता पाउन सक्ने खड्काले बताए ।इन्दुको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा सोनी पाख्रिन नयाँ खेलाडी हुन् । बागमती प्रदेशबाट खेल्दै आएकी विकेटकिपर ब्याटर कञ्चन श्रेष्ठ पनि टिममा अटाएकी छिन् । यसअघि बन्द प्रशिक्षणमा अटाएकी कञ्चनको पनि यो पहिलो अन्तर्राष्ट्रिय सिरिज हो ।यस टोलीमा रोमा थापा र संगीता राईले पनि पुनरागमन गरेका छन् । उक्त शृंखलामा नेपाल, यूएई, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here