रौतहट, १७ कार्तिक ।
रौतहट जिल्लाको कटहरियामा शुक्रबार करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।
कटहरिया नगरपालिका वडा नम्बर ५ बहादुरपुर बस्ने संजय साह तेलीको श्रीमतिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
दिपावली तथा छठ पर्वको मौकामा घर सरसफाई गर्ने क्रममा नागो तारमा करेन्ट लागेर उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई राम छबेला यादवले बताएका छन।
धान कुटने मेसिनका चालक रहेका साहको मृतक श्रीमतितेलीलाई पोस्मार्टमका लागी प्रादेशिक अस्पताल गौर पठाईएको सई यादवले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here