भोजपुर, ८ कात्तिक |

सीप मानिसको जिउन सक्ने पहिलो आधार हो । सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ । आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ ।तुलानात्मकरूपमा हेर्ने हो भने सवारी साधनको क्षेत्रमा काम गरेर धेरै मानिस स्वरोजगार बनेको देख्न सकिन्छ । खास गरेर युवावर्गलाई सवारी साधन चलाउन सिक्ने बढी चाहना हुन्छ तर भोजपुरवासीलाई सवारी साधन चलाउन सिक्न भने त्यति सहज छैन । उनीहरुलाई सवारी साधन चलाउने सीप आर्जन गर्न जिल्ला बाहिरका सहरमा जानुपर्ने बाध्यता छ । यसरी सीप लिनको लागि बाहिर जाँदा धेरै खर्च हुन्छ ।भोजपुरवासीले भोगेको दुःखलाई ध्यानमा राखेर वैदेशिक रोजगारीबाट फर्किनुभएका युवा सुमन प्रधानले आफू स्वरोजगार बन्ने र अरुलाई पनि स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले ड्राइभिङ सेन्टर सञ्चालन गरेपछि स्थानीयवासीलाई सहज भएको छ ।विदेशमा दुई वर्ष बिताएर आउनुभएका उहाँले सीपको अभावमा मलेसियामा नेपालीले पाएको दुःख देख्न नसकेर आफ्नै गाउँमा फर्केर पहिलो पटक यो काम सुरु गरेको बताउनुभयो ।योसँगै आफूले टेम्केमैयुङ–२ कृषि समूह गठन गरेर छिनामखुमा व्यावसायिकरूपले सुन्तला खेतीसमेत गर्दै आएको व्यवसायी प्रधानले बताउनुभयो ।कृषिबाट बाँकी रहेको समय सदुपयोग गर्दै व्यवसायी प्रधानले पाँच वर्षअघिदेखि पाथीभरा ड्राइभिङ सेन्टर खोलेर स्थानीयवासीलाई दुई पाङ्गे्र, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन चलाउन सिकाउँदै आउनुभएको छ । भोजपुर नगरपालिका–५ मा वार्षिक रु ७५ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर सीप सिकाउँदै आएको तर यो सेन्टर सञ्चालन गरे पनि त्यसलाई धान्न भने समस्या रहेको उहाँको भनाइ थियो । उहाँको भनाइ थियो ।तर सानो ठाउँ भए पनि व्यवसाय धान्न भने निकै सकस भएको छ । यस्ता सीपमूलक काम गर्ने मानिसलाई स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।”हालसम्म जिल्लाका सात सयभन्दा बढीलाई सवारी साधन सञ्चालनसम्बन्धी सीप दिलाउनुभएका प्रधानले भोजपुरजस्तो सानो ठाउँमा सञ्चालन गर्नुभएको यो व्यवसायबाट आफूले पनि सीप सिक्न पाउँदा खुसी लागेको अरुण गाउँपालिकाका युवा सचिन भुजेलले बताउनुभयो ।आफ्नै ठाउँमा सीप सिक्न पाउँदा धेरै खर्च गरेर धरान, इटहरी, विराटनगरलगायत सहरमा जानुपर्ने बाध्यता हटेको र यही सीप सिकेर अहिले आफू स्वरोजगार बनेको उहाँको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here