म्याग्दी, ३ कात्तिक |

बेनी अस्पतालको बहिरङ्ग विभागमा बिहीबार बिहान ८ बजे आउनुुभएका म्याग्दीको बेनी नगरपालिका–६का खड्गबहादुुर विकले तत्कालै स्वास्थ्य परीक्षण गराएर घर फर्कनुुभयो ।ओपिडिमा बिहानै डाक्टरले स्वास्थ्य परीक्षण गरेर सिफारिस गरेको औषधि लिएर एकै घण्टामा घर फर्किन पाए ।”बेनीमा व्यवसाय गर्दै आउनुुभएका जलजला गाउँपालिका–३ का जीवनबहादुुर भण्डारी पनि बिहानको समयमा अस्पतालमा पुुगेर स्वास्थ्य परीक्षण गराउन पाउँदा दङ्ग पर्नुुभयो । “सरकारी अस्पतालको बहिरङ्ग विभागको सेवा अतिरिक्त समयमा पाएपछि निजी क्लिनिकमा जानुु परेन।बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक बिदाका दिनमामा बहिरङ्ग सेवा प्रवाह गर्न थालेपछि सर्वसाधारणलाई राहत मिलेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हँुदै आएको बहिरङ्गको सेवा प्रवाह हुने समय अवधि दैनिक छ घण्टा थपिएको हो । बिहान ७ देखि साँझ ८ बजेसम्म बहिरङ्ग कक्षबाट सेवा दिन थालिएको अस्पतालले जनाएको छ ।गत असोज २१ गतेदेखि परीक्षणका लागि सुरु गरिएको अतिरिक्त समयमा प्रवाह हुने सेवालाई बिहीबारदेखि औपचारिक रुपमा निरन्तरता दिइएको अस्पतालका प्रमुख डाक्टर अञ्जु थापाले बताउनुभयो । “एक हप्ता परीक्षण गरेर अतिरिक्त समयमा बहिरङ्ग कक्षको सबै सेवा सञ्चालन गरेका छौँ ।कार्यालय समयमा अस्पतालमा लाइन बसेर सेवा लिन नसक्ने मजदुर, विद्यार्थी, कर्मचारी, व्यवसायीको सुविधा, दिउँसोको समयमा हुने सेवाग्राहीको चाप घटाउने र निजी क्लिनिकमा सेवा लिनुपर्ने समस्या न्यूनीकरणका लागि अतिरिक्त समयमा सेवा सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुुभयो ।

अस्पतालमा चिकित्सकको सेवा पाएपछि निजी क्लिनिकमा जथाभावी उच्च डोजको औषधि किनेर उपभोग गर्ने र अन्तिम अवस्थामा सरकारी अस्पताल आउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ ।”अतिरिक्त समयमा सेवा दिने चिकित्सक र स्वास्थ्यकर्मीलाई कामको आधारमा भत्ता दिने व्यवस्था मिलाइएको छ । अतिरिक्त समयमा सेवा लिएबापत सर्वसाधारणले थप शुल्क तिर्नुपर्दैन । अस्पताल व्यवस्थापन समितिमार्फत दुई जना चिकित्सक, एक जना फार्मेसी सहायक, एक जना रेडियोग्राफर र दुई जना सुरक्षा गार्ड नियुक्त गरेको छ ।हाल दुई जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृत रहेको अस्पतालले लोकसेवा आयोजबाट केही दिनमै प्राविधिक नियुक्त भएर आएपछि प्रयोगशालाको सेवा पनि सहज हुने जनाएको छ । सेवा विस्तारको शुभारम्भ गर्नुहँुदै गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिम्खडाले जनशक्ति अभाव हुन नदिने बताउनुुभयो ।दरबन्दीअनुसारको पदपूर्ति गराउन बेनी अस्पतालबाटै सुरु गर्छौं । अतिरिक्त सेवा दिने कार्यक्रम अन्य अस्पतालमा पनि विस्तार गर्छांै ।”मन्त्रालयका स्वास्थ्य महानिर्देशक खिमबहादुर खड्काले गण्डकी प्रदेशमै पहिलोपटक बेनी अस्पतालले अतिरिक्त सेवा दिन थालेको र यसलाई निरन्तरता दिन मन्त्रालयले सहयोग गर्ने बताउनुुभयो ।बेनी नगरपालिकाका प्रमुख सुरत केसी र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले अस्पतालले सुरु गरेको अतिरिक्त समयमा सेवा प्रवाह गर्ने कार्यलाई निरन्तरताका लागि जनशक्तिको कमी प्रमुख चुनौती रहेको बताउनुुभयो ।विसं २०७२ मा १५ बाट ५० श्ययामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ श्ययाकै दरबन्दीबाट ७८ श्यया बराबरको सेवा सञ्चालन गर्नुपरेको छ । दैनिक दुई सयदेखि दुई सय ५० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने गरेका छन् ।अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here