{"caption":"u0939u0941u0932u093eu0915u0940 u0930u093eu091cu092eu093eu0930u094du0917u0905u0928u094du0924u0930u094du0917u0924 u091du093eu092au093eu0915u094b u0915u0928u0915u093eu0908 u0928u0926u0940u092eu093e u0967u0967 u0935u0930u094du0937u0926u0947u0916u093f u0928u093fu0930u094du092eu093eu0923u093eu0927u0940u0928 u092au0941u0932 u0964 u092au092au094du092au0941 u092eu0939u093eu0926u0947u0935 u091cu0947u092du0940u0932u0947 u096a u0935u0930u094du0937u092eu093e u0928u093fu0930u094du092eu093eu0923 u092au0942u0930u093e u0917u0930u094du0928u0947u0917u0930u0940 u0968u0966u096cu096e u092eu093e u0920u0947u0915u094du0915u093e u092au093eu0930u0947u0915u094b u0925u093fu092fu094b u0964 u0924u0938u094du092cu093fu0930 : u0905u0930u094du091cu0941u0928/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}

राजविराज (सप्तरी), १ कात्तिक |

हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ । निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन भएपछि पुल कहिले बन्ने टुङ्गो छैन ।‘लामा बागमती निर्माण सेवा’ले २०७१ सालमा पुल निर्माण सुरु गरेको हो । सदरमुकाम राजविराज जोड्ने सो पुल निर्माण समयमा सम्पन्न नभएका कारण आवतजावत जोखिमपूर्ण बनेको छ । निर्माण सेवाले हालसम्म रु दुई करोड १३ लाख भुक्तानी पाइसकेको छ ।पुल निर्माण सम्पन्न गर्न बाँकी रहेको काम ठेकेदारले अलपत्र छाड्दा आवतजावत गर्न सर्वसाधारणलाई समस्या भएको छ । निर्माण कम्पनीको ढिलाइ र आयोजना कार्यान्वयन एकाइको बेवास्ताले गर्दा उक्त पुलको समयमै निर्माण सम्पन्न हुन नसकेको हो । उक्त पुलको हालसम्म ८१ दशमलव २३ प्रतिशत काम सम्पन्न भएको छ । यहाँ समयमा पुल निर्माण सम्पन्न नभएका कारण वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने गरेकाले आवतजावतमा अवरोध हुने गरेको तिरहुत गाउँपालिका–२ का विजय यादवले बताउनुभयो ।राजविराजबाट जिल्लाको पूर्व जोड्ने तिरहुत गाउँपालिका, कन्चरुप नगरपालिका, सप्तकोशी नगरपालिका र उदयपुर जिल्लासम्मका छोटो दूरी प्रयोग गर्ने उक्त बाटोमा पुल निर्माण अवरोधका कारण समस्या भएको छ । पुल निर्माणमा ढिलाइ गरेपछि हुलाकी सडक निर्माणको जिम्मा लिएको बज्रगुरु निर्माण सेवाले ठेक्का लिएको करिब दुई किलोमिटर सडक कालोपत्रको काम पनि हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here