काठमाडौँ, १ कात्तिक |

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिक्यूले शिष्टाचार भेट गर्नुभएको छ ।उहाँहरूबीच आज भएको भेटवार्तामा निर्वाचन आयोग र युरोपियन युनियनबीच विगत दुई दशकयता भएका कार्यगत सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको आयोगले जनाएको छ ।छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन प्रक्रियाको समग्र सुधारका निम्ति आयोगले तयार गरेको कार्ययोजनाबारे बताउनुभएको थियो ।सो अवसरमा व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको राजदूत भेरोनिक्यूले स्पष्ट पार्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here