दोलखा, २८ असोज |
सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । सदरमुकामस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले तयार गरेको भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको उद्घाटन गर्दै उहाँले राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखाले पर्यटनको प्रचुर सम्भावना बोकेकाले यसको विकास गरी अर्थतन्त्रमा जोड्नुपर्ने बताउनुभयो ।सभामुख घिमिरेले पर्यटनका माध्यमबाट देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिने भन्दै यहाँका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा विजया दशमी तथा शुुभदिपावलीको शुुभकामना व्यक्त गर्नुभयो ।शनिबार यहाँ आउनु भएका घिमिरे जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहनुभएको छ । कार्यक्रम क्याम्पसका सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।








