दाङ, २७ असोज |

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गणतान्त्रिक शासन व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको दोहो¥याउनुभएको छ ।दाङको तुलसीपुर–१९ मा नेकपा (माओवादी केन्द्र)ले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पहिले पहिले ठूलाबडा भनिनेहरुले जे गरे पनि छुट हुने तर सामान्य मानिसलाई मात्र कानुन लाग्ने अवस्था रहेको भए पनि अहिले त्यो अवस्थाको अन्त्य भएको बताउनुभयो ।अब गल्ती गर्ने कोही पनि कानुनभन्दा माथि हुँदैन, सानाठूला सबैलाई गल्तीअनुसारको कारबाही हुन्छ, यो वास्तविकतालाई वर्तमान सरकारले काम गरेर स्थापित गरिसकेको छ, सरकारको कामबाट यो पुष्टि भएको छ । “कुनै पनि व्यक्तिले गल्ती गर्ने तर त्यसको दोष भने वर्तमान राजनीतिक व्यवस्थालाई लगाउने गरिएको छ यो प्रवृत्ति अत्यन्त गलत हो | व्यक्तिले गल्ती गर्न सक्छ तर त्यसको दोष व्यवस्थाले लिन सक्दैन, लिनु पनि हुँदैन ।”उहाँले हिजो पदमा रहँदा गल्ती गरेका अहिले कानुनी कारबाहीको दायरामा आइसकेका दृष्टान्त पेस आज पदमा रहँदा गल्ती गरे पनि जो कोहीले पनि भोलि त्यसको कारबाही भोग्नुपर्ने उहाँको तर्क थियो । कानुनी राज्यको यो वास्तविकता वर्तमान सरकारले स्थापित गरेको सबैका सामु छर्लङ्ग नै देखिएको उहाँले बताउनुभयो ।
वर्तमान सरकार लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि दृढ र प्रतिबद्ध रहेको भन्दै मन्त्री शर्माले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नका लागि सरकार र जनताबीच तालमेल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले सेवा प्रभाव र सुशासनलाई प्राथमिकतामा राखेको बताउनुभयो ।मन्त्री शर्माले आर्थिक समस्याका कारण धेरै ठाउँमा नयाँ विकास योजना राख्न नसकिएको जानकारी दिँदै भएका विकास योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले विकास योजनाको प्राथमिकता निर्धारण गर्नुपर्ने, कम्तीमा एक वडामा सङ्घबाट एउटा र प्रदेशबाट दुई वटा नघट्ने गरी योजना बनाउनुर्नेमा पनि जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here