हान्झाउ,१५,असोज  ।

नेपाली महिला भलिबल टोलीले चीनको हान्झाउमा जारी १९ औं एसियाडमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।सोमबार भएको समूह सी अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग सोझो सेटमा पराजित भएको छ ।नेपाल दक्षिण कोरियासँग २५-२१, २५-१४, २५-११ ले पराजित भएको हो ।दुबै खेलमा पराजित भएपछि नेपाल समूह चरणबाट अघि बढ्न सकेन ।यसअघि शनिबार भियतनामसँग भएको खेलमा नेपालले ३–० ले पराजित भएको थियो ।नेपाली महिला भलिबल टोलीले अब नवौंदेखि १२औं स्थानको लागि खेल्नेछ ।समूह सीबाट भियतनाम शीर्ष र दक्षिण कोरिया दोस्रो दोसो हुँदै क्वाटरफाईनल प्रवेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here