१० असोज, काठमाडौं ।
साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलको पहिलो हाफ सकिँदा नेपाल भारतिसत १-० ले पछि परेको छ ।गोम्सर गोयारीको हेडरलाई साहिलले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका हुन् ।नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने भारत समूह बीको विजेता टिम हो ।अहिलेको खेल जित्नेले फाइनलमा पाकिस्तानसँग खेल्ने छ ।







