दोधारा चाँदनी (कञ्चनपुर), १० असोज |

कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई नेपाली ढाका टोपी लगाएर स्वागत गर्दै आज कञ्चनपुरमा ४४औँ विश्व पर्यटन दिवस मनाइएको छ ।गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई भीमदत्त नगरपालिका र होटेल व्यवसायी सङ्घ कञ्चनपुरले नाकामा फूलमाला तथा ढाका टोपी लगाएर स्वागत गरेको हो । दिवसका अवसरमा नगर प्रमुख पदम बोगटी र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले इजरायली नागरिक सियाल र विभानलाई नाकामा स्वागत गर्नुभयो ।स्वागत कार्यक्रममा नगरप्रमुख बोगटीले नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको उल्लेख गर्नुभयो । होटल व्यवसायि सङ्घ कञचनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा कञ्चनपुरका थुपै्र पर्यटकीय क्षेत्र ओझेलमा परेको बताउनुभयो । अध्यागमन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पदमराज भट्टले गड्डाचौकी नाकाबाट तेस्रो मुलुकका पर्यटकहरुको सङ्ख्या बढेको बताउनुभयो ।अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार २०२२ मा पाँच सय ४२ विदेशी पर्यटक गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । यो वर्षको हालसम्म छ सय ८५ विदेशी पर्यटक भित्रिएका छन् । सप्टेम्बरमा मात्रै एक सय ५४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here