काठमाडौं,१०,असोज  ।

नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्न लागिएको हो ।पार्टीको अर्थनीतिसम्बन्धी कन्क्लेभ सुवर्ण शमशेरको स्मृति दिवसको अवसरमा कात्तिक २४ गते गर्न लागिएको हो ।महामन्त्री गगन थापाका अनुसार दुई दिने कन्क्लेभको एक दिनको मात्रै टुंगो लागेको छ । अर्को एक दिन कात्तिक २३ वा २५ मध्ये एक हुनेछ । सुवर्ण शमशेर बजेट प्रस्तुत गर्ने नेपालको पहिलो व्यक्ति समेत हुन् । उनले बजेट प्रस्तुत २००८ माघ १९ मा गरेका थिए ।कांग्रेसका पहिलो अर्थमन्त्री समेत रहेका सुवर्ण शमशेरको स्मृतिलाई कांग्रेसले अर्थनीतिसँग जोडेर कार्यक्रम गर्न लागेको हो । ‘इकोनोमी कन्क्लेभ’ मा अर्थविदले आर्थिक नीतिका बारेमा विभिन्न आयामवारे कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।पार्टीले विगतमा लिएका आर्थिक नीति, उपलब्धि, अवको बाटो लगायतमा छलफल गरिने महामन्त्री थापाले जानकारी गराए । आर्थिकको अहिलको संकटका कारणहरु खोज्ने बताए । केन्द्रमा हुने बहस गम्भिर सैद्धान्तिक विषयमा हुने थापाले जानकारी दिए ।२०४६ सालपछि आर्थिकको पक्षमा कांग्रेसले अंगालेको नीति कति ठीक/कति बेठीक विषयमा पनि छलफल हुनेछ । ‘हामी कहाँ चुक्यौं, समीक्षा गर्छौं । अगाडीको बाटो खोज्छौं । अहिलेको समसामयिक विषयमा पनि छलफल गर्छौं,’ थापाले भने ।कांग्रेसले केन्द्रमा मात्रै अर्थनीतिको चर्चा नगरि तल्लो तहमा पनि बहस गर्ने भएको छ । सातवटै प्रदेश र सबै पालिकामा अर्थनीति माथि छलफल गरिने महामन्त्री थापा बताउँछन् ।तल्लो तहमा हुने कार्यक्रममा स्थानीय उद्यमीलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ । महामन्त्री थापा भन्छन्, ‘त्यहाँको आर्थिक अवस्था र सम्भावनाको विषयमा छलफल गर्छौं ।’इकोनोमी कन्क्लेभको पहिलो दिनमा अर्थतन्त्रको समसायिक अवस्थामा बहस हुनेछ भने दोस्रो दिनमा सैद्धान्तिक पक्षमा छलफल हुनेछ । अर्थतन्त्रका विभिन्न पाटामा फरक फरक सेसनमा छलफल तथा अन्तक्रिया राखिने भएको छ ।अर्थनीति माथिको छलफल तथा बहसमा अर्थविज्ञ, पूर्वअर्थमन्त्रीहरु, नियामक निकायका पदाधिकारीहरु, उद्योगी, व्यवसायी लगायतलाई आमन्त्रण गरिने भएको छ । अर्थतन्त्र भित्रका विभिन्न पक्षमा छलफल गर्न वक्ता र सहजकर्ताहरु तोकिने भएको छ ।विषय विज्ञसँग गरिने छलफल तथा अन्तक्रिया सेसनको सहजीकरणको भूमिकामा पार्टी नेताहरु पनि हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here