हानझाउ,७,असोज ।
१९औं एसियाडमा आयोजक चीनले पहिलो स्वर्ण जितेको छ । चीनले आइतबार रोविङमा पहिलो स्वर्ण जितेको हो ।फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको रोविङ अन्तर्गत महिला डबल्स लाइटवेइटमा चीनका जोउ जियाकी र क्यी जिउपिङको जोडीले स्वर्ण जितेका हुन् ।चिनियाँ जोडीले ६.७८ सेकेण्ड टाइमिङ निकाले ।रजत जितेका उज्वेक जोडी लुइजाखोन इस्लोमोभा र मालिका तागमाटोभाको जोडी १० सेकेण्डले पछि परे ।यसमा इन्डोनेसियाले कास्य पदक जित्यो ।आइतबार आयोजकले चीनले ११ स्वर्ण जितिसकेको छ ।हङकङ चाइनाले पनि एक स्वर्ण जितेको छ ।आइतबार बिहान नेपाली खेलाडीहरुको प्रदर्शन भने राम्रो हुन सकेन । तेक्वान्दो, जुडो, इस्पोर्ट्स, सुटिङ मा बिहानी सत्रमा नेपाली खेलाडीहरु पराजित भए ।








