महेन्द्रनगर, ७ असोज |

गत वर्ष काठमाडौँमा सम्पन्न राष्ट्रियस्तरको प्रतियोगितामा यू–१२ तर्फ कञ्चपुर महेन्द्रनगरका १३ वर्षीय आशीष खत्रीले कास्य पदक जित्नुभयो । तीन वर्षअघि महेन्द्रनगरको कवर्डहलमा नियमित ब्याडमिन्टन खेल्न सुरु गर्नुभएका खत्रीले राष्ट्रिय प्रतियोगितामा पहिलो पटकमै कास्य पदक जित्न सफल हुनुभएको थियो ।ब्याडमिन्टनमा राम्रो सम्भावना भएका खत्रीलाई अहिले प्रशिक्षक चाहिएको छ । तर प्रशिक्षक पाउन मुस्किल छ । एक वर्ष अघि पनि बिना प्रशिक्षक पदक प्राप्त गर्नुभएका खत्री जस्तै कञ्चनपुरका अन्य खेलाडीहरु प्रशिक्षकबिहीन भएको वर्षौ भइसकेको छ ।नेपाली ब्याडमिन्टनको इतिहासमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर खेलाडी उत्पादनको भूमिका रुपमा परिचित छ । तर सम्भावना भएको क्षेत्रमा प्रशिक्षकको व्यवस्था गर्नका लागि सरोकारवाला कसैले चासो देखाएको पाइएको छैन ।केही वर्षअघिसम्म स्वयम् सेवक प्रशिक्षकका रुपमा महेन्द्रनगरकै पूर्व राष्ट्रिय खेलाडी विवेक थापाले प्रशिक्षण दिएपनि उहाँले यतिबेला रोजगारीका सिलसिलामा भारतमा हुनुहुन्छ । अहिले पनि कहिलेकाँही केही पूर्वराष्ट्रिय खेलाडीले फुर्सद भए मात्रै खेलाडीलाई बिना पारिश्रमिक प्रशिक्षण दिने गरेका छन् ।

आफूखुसी अभ्यास गर्दा कति सफल हुने हो थाहा छैन ।” ब्याडमिन्टनका लागि आवश्यक कोर्टलगायत पूर्वाधारको सुविधा भए पनि प्रशिक्षक अभावले अपेक्षाकृति प्रगति हुन नसकेको खत्रीको भनाइ छ । प्रशिक्षक बिना पनि खत्रीले भने मुलुकभर आयोजना हुने प्रतियोगितामा भने नछुटाइ भाग लिँदै आउनुभएको छ ।खत्री जस्तै जुनियर खेलाडी रेनिश धामी पनि बिना प्रशिक्षक अभ्यास गरिरहनुभएको छ । बाह्र वर्षीय धामीले आठ वर्षकै उमेरदेखि नै यहाँको कवर्डहलमा ब्याडमिन्टन खेलिरहनुभएको छ । उहाँले गत वर्ष पोखरामा आयोजना भएको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा भाग लिनुभएको थियो । शनिबार अन्य बालबालिकाको पनि भिड हुने भएकाले अभ्यास पनि सहज छैन ।” ब्याडमिन्टनका जुनियर खेलाडी आशीष र रेनिश प्रतिनिधिमुलक पात्र मात्रै हुनुहुन्छ । यहाँका सबैजसो जुनियर ब्याडमिन्टन खेलाडी बिना प्रशिक्षक अभ्यास गरिरहनुभएको छ ।कञ्चनपुर कुनै समय ब्याडमिन्टनबाटै चर्चित बन्नुभएका खेलाडी दीपेश धामीको भूमि पनि हो । तर एक दशकभन्दा बढी समयदेखि यहाँका खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद्बाट प्रशिक्षक पाएका छैनन् ।करारमा भए पनि प्रशिक्षक चाहियो भनेर प्रदेशदेखि केन्द्रसम्म गुहार माग्यौ तर सुनुवाई कतैबाट पनि भएको छैन ।प्रशिक्षक नियुक्तिको विषय सधै ओझेलमा पर्दा प्रतिभावान खेलाडी उत्पादनमा समेत कमी आउन थालेको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here