राैतहट ५ असोज ।
आफू माथि लगाइएको आरोप झुठो, निराधार रहेको हो। रौतहटको कटहरिया नगरपालिका पुर्व प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले आफू प्रति लगाइएका आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । एउटा पत्रीका र सामाजिक संजालमा आफ्ना बिरुद्ध कपोल्कल्पित, भ्रामक र झुटा आरोप लगाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । आफू कटहरियाको जनताको हितमा नियम पूर्वक सदैब लगनशिल रहेको उनको भनाइ छ । लामो समयको त्याग र संघर्षका कारण सम्पूर्ण जनताले विस्वास गरेर आज यो ठाउँमा आइपुगेको हो । मलाई कुनै स्वार्थ र मोह समेत छैन । ‘ म माथि भ्रष्टाचार लगायत मेरो सामाजिक, प्रतिष्ठा माथि आँच पुयाउन गरिएको दुस्प्रचार प्रति संवेदनशिल भएको छु र यस प्रति घोर भत्र्सना गर्न चाहन्छु । ’अहिले कटहरिया नगरपालिका समृद्धिको यात्रामा रहेको भन्दै नगरको विकास नचाहनेहरुले आफ्ना विरोध गरेको उनको बुझाई छ ।यस्तै उनले सम्पूर्ण पालिकावासी लाई कुनै पनि किसिमको समाजमा विकृति फैलाउन खोज्ने, अर्काको मर्यादामा आँच पुयाउने र धमिलो पानीमा माछा मार्न खोज्ने व्यक्तिहरु सँग सचेत रहन आग्रह गरेका छन् । अनावश्यक रुपमा आफ्ना विरुद्ध दुस्प्रचारमा लागेहरुलाई ढिलो चाडो कानुनी दायरामा ल्याउने विस्वास व्यक्त गरेका छन् ।








