अमेरिका,५,असोज, न्युयोर्क ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेएका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच भेट भएको हो । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो ।भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।








