चितवन, ३१ भदौ |

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो । मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उहाँले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताउनुभयो । विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्रचण्ड साधारण व्यक्ति नभएको उहाँको भनाइ छ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उहाँले जिकिर गर्नुभयो ।सम्भावना नेपालमा धेरै कुराको हुने जनाउँदै उहाँले अब कांग्रेस एक्लै हिँड्नुपर्ने बताउनुभयो । सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो । पछिल्लो समय नयाँ शक्ति उदाउनुमा नेतृत्वको कमजोरी रहेको उहाँको आरोप छ । अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । विचार राम्रो भए पनि कार्यशैलीमा परिवर्तन भए पार्टी एक्लै अघि बढ्न सक्ने उहाँको तर्क थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here