काठमाण्डाै, ३० भदौ ।

न्युजिल्यान्डसँगको एकदिवसीय शृङ्खला इङ्ल्यान्डले जितेको छ । हिजो भएको चौथो तथा अन्तिम खेलमा इङ्ल्यान्ड एक सय रनले विजयी भयो । इङ्ल्यान्डले चार खेलको शृङ्खला तीन–एकले जितेको हो ।लर्ड्समा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय ११ रन बनाएको थियो । उसका डेविड मलानले एक सय २७ रनको शतकीय पारी खेले ।जितका लागि तीन सय १२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३८ ओभर २ बलमा दुई सय ११ रनमा अलआउट भयो । उसका रचिन रभिन्द्रले ६१ रन बनाए ।पहिलो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको थियो । दोस्रो र तेस्रो खेल घरेलु टोली इङ्ल्यान्डले जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here