काठमाडौं,२८,भदौ  ।

एकीकृत समाजवादीले हरि पराजुलीलाई सचिव मनोनित गरेको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा स्थायी कमिटी सदस्य रहेका पराजुलीलाई सचिव मनोनित गरिएको उल्लेख छ ।यस्तै २१ जना केन्द्रीय सदस्य मनोनित भएका छन् भने केन्द्रीय अनुशासन, लोखा परक्षिण र निर्वाचन आयोगको अध्यक्ष र सदस्यहरु तोकिएका छन् । अनुशासन आयोगको अध्यक्षमा शिवबहादुर देउवा छन् भने उपाध्यक्षमा लेखनाथ गुरागाईँ र सचिवमा बालचन्द्र मिश्र छन् ।लेखा परीक्षण आयोकोे अध्यक्षमा भरतकुमार श्रेष्ठ, उपाध्यक्षमा विद्या ढकाल र सचिवमा सुशील ढुंगाना छन् । निर्वाचन आयोगको अध्यक्षमा माधव पौडेल, उपाध्यक्षमा चन्द्रकान्त ज्ञवाली र सचिवमा रोशन सुवेदी छन् ।एकीकृत समानवादीले नेताहरुको कार्यविभाजन पनि हेरफेर गरेको छ ।विदेश विभाग प्रमुखमा झलनाथ खनाल र उपप्रमुखमा प्रमेश हमाल छन् भने संगठन विभाग प्रमुखमा डा. वेदुराम भुसाल र उपप्रमुखमा प्रकाश ज्वाला छन् । पार्टी स्कुल विभागको प्रमुखमा प्रमेश हमाल छन् भने केन्द्रीय कार्यालय प्रमुख जीवनराम श्रेष्ठ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here