काभ्रेपलाञ्चोक, २४ भदौ |

काभ्रेपलाञ्चोकमा पहिरोको उच्च जोखिम रहेको जनाउँदै तेमाल गाउँपालिकाको दुई स्थानमा अध्ययन सुरु गरिएको छ । अध्ययन टोलीमा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी सङ्कायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता छन् । अध्ययनका लागि पहिरोको उच्च जोखिम रहेको तेमालको वडा नं ४ स्थित आखेलादुर्सा र वडा नं ५ को थालागाङमा अत्याधुनिक उपकरण राखिएको छ ।पहिरोको कारण र समय पत्ता लगाउन अनुसन्धान थालिएको टोलीमा सहभागी नेपाली भुगोलविद् गोपीकृष्ण बस्थालले बताउनुभयो । “तेमालमा वर्षा, कम्पन र चिस्यानको औषत् मापनद्वारा पहिरोको कारणबारे अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानले पहिरो जानुपूर्व नै स्थानान्तरण तयारी गर्न तथा नीति–कार्यक्रम बनाउनको मद्दत पुग्नेछ ।बस्यालका अनुसार जमिनमा राखिने ‘बेव इन्यावल्ड डाटा लगर’सहितको उक्त उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आद्रता नाप्ने सेन्सर र ध्वनी उत्सर्जन गर्ने सेन्सर जडान गरिएका छन् । उक्त उपकरणले सेन्सरमार्फत सबै ‘डाटा रेकर्ड’ गरिरहेको हुन्छ । गाउँपालिकामा सजग नेपाल नामक एक सोधमूलक परियोजनाको संयोजकत्वमा प्राविधिक र सामाजिक–सांस्कृतिक अध्ययन गर्न थालेको हो । उक्त परियोजनामा सोशल साइन्स, तथा बेलायत, क्यानडा, न्यूजिल्यान्डका विभिन्न विश्वविद्यालयलगायत एनएसइटीका प्रतिनिधिमूलक संस्था प्रतिनिधिको संग्लग्नता रहेको छ । परियोजनाको नेपाल सरकारको सरोकारवाला निकाय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा विपद् व्यवस्थापन शाखा, भूकम्प प्रविधि राष्ट्रिय समाजले अवलोकन निरीक्षण गरिरहेको छ ।नेपालका पहिरोको उच्च जोखिम अध्ययन अनुसन्धानमा संलग्न मानवशास्त्री टेकबहादुर दोङले काभ्रेपलाञ्चोकको तेमालका दुई स्थानका अलावा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिको मार्मिङ र कोदारी, बाह्रबिसे नगरपालिकाको तल्लो सिगार्चे र माथिल्लो सिगार्चे, दोलखाको भीमेश्वर नगरस्थित फेदी र बोस्युङपा र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका– २ स्थानमासमेत १० स्थान उक्त उपकरणद्वारा पहिरोको उच्च जोखिमबारे अध्ययन भइरहेको जानकारी दिनुभयो ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रेपलाञ्चोकलाई यसवर्ष बाढीपहिरोको उच्च जोखिममा ‘मध्यम’ जिल्लाका रुपमा सूचीकृत गरेको थियो । यस्तै जिल्लामा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले जनाएको थियो ।शाखाको विपद् तथा जोखिम वर्गीकरणमा परेकामध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको उल्लेख गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here