काठमाडौँ, १८ भदौ |

अभिनेत्री मनिषा कोइराला नेपाली चलचित्रमा नदेखिनुभएको लामो समय भइसकेको छ । नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय गर्नुभएकी अभिनेत्री कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त हुनुहुन्छ । उहाँले हालै सम्पन्न एक छलफलमा नेपाली चलचित्रको विषयवस्तुले आकर्षण गरेमा अभिनय गर्ने बताउनुभयो ।“नेपाली चलचित्रमा काम गर्ने इच्छा नभएको होइन । तर समय र परिस्थिति मिलेको छैन । राम्रो कथाले मलाई पक्कै आकर्षित गर्छ । उहाँले चलचित्रको कथा माटो सुहाउँदो हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय नेपाली चलचित्र र शृङ्खला जोडिन चाहिरहेको ओभर दी टप (ओटिटी) मा स्थानीय कथा नै खोजिने उहाँले बताउनुभयो ।“मैले ओटिटीमासमेत काम गरेकी छु । त्यो माध्यमले विश्वभरका दर्शकलाई सुविधा दिन्छ । ओटिटीका सञ्चालक जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन् ।उहाँले आफूले अभिनयको सुरुआत गरेको समय नब्बेको दशकमा अवास्तविक प्रस्तुति रुचाइने भए पनि अहिले वास्तविकता चित्रण गर्ने अभ्यास बढेको र दर्शकले रुचाइरहनुभएको बताउनुभयो । कथा शैलीमा आएको बदलावलाई ओटिटीले बढावा दिएको कोइरालाको बुझाइ थियो । “विशेषत कलात्मक चलचित्रले व्यावसायिकरुपमा चलचित्र भवनमा बलियो उपस्थिति जनाउन नसक्दा ओटिटीले प्रोत्साहन गर्नुका साथै लगानी सुरक्षित गरिदिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here