काठमाडौं,१८,भदौ  ।

१३ भदौयता लगातार घट्दै आएको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ ।सोमबार सेयर बजार ७.०४ अंक (० दशमलव ३५ प्रतिशत)ले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा उक्लेर बन्द भएको हो ।१२ भदौमा १९९८.४८ विन्दुमा पुगेको सेयर बजार त्यसयता लगातार घट्दै आएको थियो । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १९६०.७८ बिन्दुमा झरेको थियो ।सोमबार २७० धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच भएको छ । त्यसबाट एक अर्ब ९ करोड ३९ हजार ६९७ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार थ्री स्टार हाइड्रोपावरको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २७९.५० पुगेको छ । यस्तै दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर लिमिटेड, रुरु जलविद्युत परियोजना, आशा लघुवित्त वित्तीय संस्थासहितको धितोपत्रका मूल्य समेत बढेको छ ।लिबर्टी इनर्जी कम्पनी, कुमारी धनवृद्धि योजना, सिक्लेस हाइड्रोपावर,आरबीबी म्युचुअल फन्ड २, ग्लोबल आईएमई फन्ड १ लगायतका धितोपत्रको मूल्य भने धेरैले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here