मकवानपुर १८ भदौ |

बागमती प्रदेश सरकारले काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य मनोनीत गरेको छ ।आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई नीति तथा योजना आयोगको सदस्यमा मनोनीत गरेको बागमती सकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले बताउनुभयो ।त्यस्तै यही भदौ २२ गते चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्वका अवसरमा प्रदेशको मकवानपुर, धादिङ र चितवन जिल्लामा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो ।प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत भएको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिफारिस गरेको सङ्गठन संरचना र दरबन्दी सहितको सङ्क्षिप्त सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले सिफारिस गरेको स्रोत सुनिश्चितता गर्ने तथा आयोजना सम्झौताका लागि अख्तियारी प्रदान गर्नेसमेत निर्णय गरेको मन्त्री श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here