काठमाडौँ, १६ भदौ |

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताउनुभएको छ ।नेकपा (माओवादी केन्द्र)ले आजदेखि देशभर सुरु गरेको ‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’को आज गोँङ्गबुस्थित नयाँ बसपार्कमा उद्घाटन गर्दै उहाँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान गठबन्धनको सरकारले सुशासनको पक्षमा काम गरिरहेको बताउनुभयो । वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न सुरु गरेको उहाँको भनाइ थियो ।“समाज, राज्य र पार्टीको शुद्धिकरणका लागि माओवादीले रुपान्तरण अभियान सञ्चालन गरेको छ।उपमहासचिव पुनले माओवादीले कुनै पार्टी र दलप्रति लक्षित गरी अभियान सञ्चालन नगरेको उल्लेख गर्दै पार्टीको शुद्धिकरणका लागि अभियान सञ्चालन गरिएको स्पष्ट पार्नुभयो । देशको आर्थिक विकासका लागि उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । उद्योगी व्यवसायीको हकहितको पक्षमा पार्टी सदैव सकारात्मक रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, उपमहासचिव पुरुषोत्तम सिङ्खडासहित माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।सो अवसरमा रक्तदान तथा स्वास्थ्य शिविर र सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’ को उद्घाटन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here