बैतडी, १६ भदौ |

जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सञ्चालन गरेको छ । विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिने उद्देश्यले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालयहरुमा पुगेर विभिन्न सचेतनामूलक कक्षा सञ्चालनमा रहेका छन् । कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेका छन् । समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरण गर्न विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले बताउनुभयो ।विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, लागुपदार्थ नियन्त्रण, आत्महत्या रोकथाम, ट्राफिक नियम लगायतका विषयमा छलफल हुने गरेको छ । सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागुऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक हिंसा, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ । विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तक्रियाले समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको विश्वास छ ।

उहाँले भन्नुभयो, “प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा समाजमा सकारात्कमक परिवर्तन आउनुका साथै विद्यार्थीमार्फत समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ । प्रहरीले थालेको यो कार्यक्रमले गाउँ समाजमा हुने सामाजिक अपराध घटना न्यूनीकरण गर्न सहयोग पुग्ने दोगडाकेदारस्थित सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीमार्फत समाजमा हुने आपाराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।उहाँले भन्नुभयो, “विकृति, विसङ्गतीलगायतका विषयमा प्रहरीले दिइरहेको सचेतनामूलक कार्यक्रमले विद्यार्थीमार्फत सकारात्मक सन्देश जाने र अपराध न्यूनीकरणमा सहयोग पुग्छ ।” यसका साथै प्रहरीले गाउँ समाजमा सचेतना फैलाउने अभियान जारी राखेको छ । अपराध कम गर्न प्रहरीले जिल्लाका प्रत्येक टोल बस्तीमा खटिएर सचेतना कार्यक्रम जारी राखेको हो । विद्यालय तथा गाउँ टोलमा गरिने यस्ता सचेतनामूलक कार्यक्रमले समाजका हानिकारक प्रथा तथा प्रचलन हट्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here