काठमाडौं,१३,भदौ, ।
मंगलबार साँझ अरिंगालले टोक्दा घाइते भएका स्याङ्जाको विरुवा गाउँपालिका- १ का युवकको उपचारका क्रममा मृत्यु भएको छ । घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा स्थानीय २८ वर्षका चेलिस श्रेष्ठ घाइते भएका थिए ।उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । पाँच जना अरिंगाल पोल्न गएकामा अरुलाई भने केही नभएको प्रहरीले जनाएको छ ।








