रौतहट,६,भदौ |

अर्जुन गजुरेल

सिन्धुलिको गोल्नजोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले साझ फरक दलमा आबद्ध भएका कारण नेपाली काङ्ग्रेसका वडा न ५ का सभापति हरिशरण बस्नेतलाई म्यासेजनरमा भिडियो कल गरेर धम्कीदियका छ्न ।गोल्नजोर गाउँपालिका वडा न ५ का नेपाली काङ्ग्रेसका वडा सभापति हरिशरण बस्नेतले बुधबार हामिलाई गुनासो गरे । सार्बजनिक रुपमा विभिन्न सामाजिक संजाल मार्फत धम्की, चुनौती तथा बिबादास्पद अभिव्यक्ति दिने त उपाध्यक्ष न्यौपानेको दैनिकी नै मान्न सकिन्छ तर ब्यक्तीगत र संस्थागत रुपमा जुन खुल्ला धम्की साझ परेपछि आउने गरेको छ त्यो सामान्य किसिमले स्वीकार्न नसकिने बताउछन कांग्रेस वडा सभापती, बस्नेत । ‘सोमबार राती करिब १० बजेको समयमा फेसबुकको मेसेन्जरमार्फत आफुलाइ मात्रै नभएर आफ्नो जन्म दिने आमालाई समेत आत्मसम्मानमा ठेस पुग्ने गरि जथाभाबी अपशब्द लेखेर उपाध्यक्ष न्यौपानेले आफुलाई धम्की दिएको वडासभापती बस्नेतले बताए ।

 सिधै अपशब्दबाट लेख्न शुरु गरेका उपाध्यक्ष न्यौपानेले उक्त किसिमको अपशब्द मात्रै लेख्न भ्याएनन आफू जनयुद्धको योद्धा रहेकाले पुकारलाई त्यसरी पनि बुझ्न खुल्ला चुनौती दिन भ्याए । वडा सभापती बस्नेतले भने यस्ता धम्की र चुनौतीलाई कानुनी उपचारबाट सल्ट्याउने न्यौपानेलाई प्रतिक्रिया दिएका छन ।बस्नेत भन्छन, ‘यसरी स्थानिय सरकारको नेतृत्वबाटै फरक दलमा आबद्ध भएकै कारण हरेक साझ अपशब्द सुन्नुपर्ने, धम्की चुनौती सहनु पर्ने त्यो कसैलाई स्विकार्य छैन, यसलाई कानुन सम्बत ढंगबाट हामी अघि बढ्छौ र दोशीलाई कारबाही हुनुपर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here