रौतहट, २२ साउन । रौतहट जिल्लाको धरोहरको रुपमा रहेका श्रीराम सुगर मिल्सलाई अनाधिकृत तवरबाट लिलाम गरेकोमा उखु उत्पादक संघको अगुवाईमा सदरमुकाम गौरमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको अगुवाई पूर्व राजदूत डा. वंशिधर मिश्र, नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश साँसद सुनिलकुमार यादव, प्रदेश साँसद शोभा देवी साह, किशोरी यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, नेकपा एसका नेता वृजकिशोर यादव, सुनिल यादव, रामनारायण यादव, दिपक यादव, रामभरोस यादव, रामचन्द्र गिरी, अनिल यादव, रामेश्वर यादव, युवा नेता राजकुमार दास तत्मा, उद्योगी, व्यापारी, किसानहरुले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री सहित सम्बध निकायमा ज्ञयापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र पश्चात विपी चोकमा कोर्ण सभाको आयोजना गरेर अनाधिकृत रुपमा लाखौं उखु किसानको धरोहरलाई चोर बाटो भएर लिलाम गरिएकोमा तत्काल रद्द गरेर श्रीराम सुगर मिल्सलाई पुन संचालनमा ल्याउन जोडदार रुपमा आवाज उठाए । किसानहरु कौडीको मुल्यमा जग्गा दिएर चिनि मिल्साका संचालकलाई विक्री गर्नका लागि जग्गा दिएको होइन, उद्योग संचालन गर्नका लागि दिएको जग्गालाई कुनै पनि हालतमा विक्री गर्न नदिने चेतावनी दिदै वक्ताहरुले पाँच दिनमा राज्यबाट उचित सम्बोधन नभए आउदो २७ गते चिनी मिल्स गरुडामा वृहद भेला मार्फत संघर्षका कार्यक्रम तय गरिने युवा नेता एवं व्यवसायी रामभरोस यादवले बताए ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको स्वीकार्दै सम्बध निकायमा पठाइसकेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here