गोरखा, २९ जेठ (रासस) |

गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना , बुङ्कोट , राइनास र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो । गाउँपालिकाले प्रहरीचौकीलाई विपद्का लागि आवश्यक पर्ने अत्यावश्यक सामग्री मल्टिपर्पोज नाइफ, लाइफ ज्याकेट, रेस्क्यु रोप, फायर एक्स्टीङगुइसर सामग्री उपलब्ध गराएको उहाँले बताउनुभयो । त्यस्तै फायर फाइटिङ सुट, फायर प्रुफ गम्वुट,लगायतका २१ प्रकारका विपद् प्रतिकार्य सामग्री प्रहरीचौकीलाई उपलब्ध गराएकोे अध्यक्ष थापामगरको भनाइ छ । प्रहरीचौकीलाई प्रदान गरिएको विपद् प्रतिकार्य सामग्री करिब रु १५ लाख बराबरको रहेको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सहमति नेपाल नामक संस्था तथा गाउँपालिकाको संयुक्त सहकार्य र समन्वयमा सामग्री खरिद गरेर वितरण गरिएको अध्यक्ष थापामगरले बताउनुभयो । “विपद् प्रतिकार्य सामग्री सामग्रीको अभावमा विपद्का बेला सुरक्षाकर्मीलाई कार्य गर्न समस्या नहोस् भने उद्देश्यले उक्त सामग्री उपलब्ध गराइएको हो, ।

गाउँपालिकामा कार्यक्रमको आयोजना गरी आइतबार गाउँपालिका अध्यक्ष थापामगरले प्रहरीचौकीलाई सामग्री हस्तान्तरण गर्नुभएको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रका सम्र्पक व्यक्ति मेघनाथप्रसाद यादवले जानकारी दिनुभयो । सामग्री वितरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here