टक्सार (भोजपुर), २२ जेठ (रासस) |

लगाए जति बिरूवाको संरक्षण गर्ने हो भने देश वन सम्पदा संरक्षण हुने थियो तर हाम्रो समाजले यसको महत्व बुझेको छैन”, बिद्योदय माविका एक शिक्षिका यदु सुवालले भन्नुभयो । उहाँका अनुसार हरेक दिवसमा प्राय जिल्लाजिल्लामा वृक्षरोपण गरिन्छ, तर बिरुवा रोपिन्छ, संरक्षण गरिँदैन । संरक्षण किन गर्ने भन्ने छ तर यसको महत्व जसले बुझेको छ, उसैले मात्र संरक्षण गर्ने गरेकाले रोपेका बिरूवा कमै जोगिएको पाइन्छ । वन जङ्गलबाट विभिन्न औषधिजन्य जडिबुटी पाइनुका साथै भुक्षय नियन्त्रण हुन्छ भने पानीको स्रोत बढ्ने फाइदा छन् । भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले भन्नुभयो, “वृक्षरोपण गरिन्छ तर मलजल, गोडमेल गर्ने व्यवस्थापन हुन नसक्दा बिरुवा हुर्किएको कमै मात्र देखिन्छ । रोप्ने कार्यक्रमको साथमा बेलाबेला गोडमेलको कार्यक्रम गर्दै स्थानीयवासीलाई जिम्मेवार बनाउनुपर्छ ।”

दिवसका नाममा आयोजक संस्थाले पनि तामझामका साथमा वृक्षरोपणको कार्य गर्ने सोपश्चान त्यो ठाउँमा फर्केर पनि नजाने परिपाटीका कारण रोपिएका बिरुवाको संरक्षण हुन नसकेको स्थानीय सञ्जीव कार्की बताउनुहुन्छ । नेपाल निजामती कर्मचारी युनियन भोजपुरका अध्यक्ष सीताराम ओझाले भन्नुभयो, “बिरुवा रोपेपछि हेरचाह गर्नुपर्छ, यो जिम्मेवारी सरोकारवाला सबैको हो । सार्वजनिक ठाउँको सम्बन्धित कार्यालयको जिम्मेवारी हो भने निजी क्षेत्रको व्यक्तिगत हुने भयो । वातावरणीय हिसाबले बिरुवा रोपण आफैँमा राम्रो कार्य भए पनि हेरचाह नगर्नु गैरजिम्मेवारी हो ।” यसलाई आगामी दिनमा गम्भीरता पूर्वक लिनु आवश्यक देखिन्छ । वृक्षरोपणको कार्य हुर्काउन र बढाउन गरिएको भन्दा पनि देखाउनको लागि गरिने भएकाले संरक्षण हुन नसकेको स्थानीयकोे बुझाइ छ । “बिरुवा रोप्नुभन्दा पहिला बिरुवाको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा कहिल्यै छलफल हुँदैन, जसका कारण पनि बिरुवा रोपी दिने संरक्षण नगर्ने परिपाटी देखियो ।” स्थानीय अशोक खतिवडाले भन्नुभयो ।

रोपिएको बिरुवा आफ्नो हो भन्ने भावनाको विकास हुन नसक्दा बिरुवा रोपनमा मात्र सीमित हुने गरेकाले बिरुवा संरक्षणका लागि स्थानीय बासिन्दाको बीच समिति गठन गरी संरक्षणको जिम्मा दिनुपर्ने ठूलो पाखा सामुदायिक वनका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “ बिरुवामा हानी नोक्सानी पुर्याउने जो कोहीलाई पनि कारबाही गर्नुपर्छ ।” विश्व वातावरण दिवसका अवसरमा डिभिजन वन कार्यालय भोजपुरले सोमबार सदरमुकाममा रहेको बिद्योदय माविको प्राङ्गणमा विभिन्न जातका बिरुवा रोपेको छ । जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायमा प्रमुख, कर्मचारी, शिक्षकलगायत सहभागितामा डिभिजन वनले कार्यक्रम गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here