गरुडा,२४ बैसाख । माधव नारायण नगरपालिका,रौतहटमा आईतबार दखि जनस्वास्थ्य प्रयोगशाला शुभारम्भ भएको छ । प्रयोगशालाको उदघाटन नगरप्रमुख बैजनाथ प्रसाद यादवले गरेका छन । नगरवासीको सहजरूपमा रगत, पिसाब, दिशा, खकार लगायत अन्य विभिन्न किसिमका टेस्ट उक्त प्रयोगशाला हुने भएको छ । प्रयोगशाला उद्घाटनले रगत, दिशा , पिसाब जाचका लागि सदरमुकाम लगायत अन्य ठाउँमा जानू नपर्ने र आफ्नै स्थानीय तहमा हुने हुदा नगरवासीमा खुशी छाएको तथा नगरप्रमुख बैजनाथ यादवलाई विशेष धन्यवाद व्यक्त गरेका छ्न । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, वडा न.६ का वडा अध्यक्ष राम नरेश राय, नगरपालिकाका प्रशासन शाखा प्रमुख पृथ्वी यादवलगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here