काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका कुशवाहालाई जनमतमा प्रवेश गरेका हुन । कुशवाहालाई जनमतका अध्यक्ष डाक्टर सीके राउतले पार्टीमा स्वागत गरेका छन।
गत निर्वाचनमा कुशवाहा बारा क्षेत्र नं २ मा जसपाबाट उम्मेदवार बनेका वर्तमान उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग करिब ४ सय मतान्तरले पराजित भएका थिए । पराजित भएका कुशवाहालाई जनमत पार्टीले सोही क्षेत्रबाट बैसाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार बनाएको अध्यक्ष राउतले बताए । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा उक्त क्षेत्रबाट लडने निश्चित भए पछि जनमतले यो निर्णय लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here