रौतहट, १५ चैत । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा रौतहटको गौरमा आयोजित मैत्रीपुर्ण क्रिकेटमा गौर नगरपालिका १० विकेटले विजयी भएको छ । स्थानिय राइस मिलको ग्राउन्डमा भएको गौर नगरपालिकाका कर्मचारी भर्सेज नेपाल पत्रकार महासंघ रौतहट शाखाका पदाधिकारी विचको मैत्री पूर्ण क्रीकेट प्रतियोगितामा गौर नगरपालिकाले १० विकेटले जित हात पारेको हो ।
टस जितेर पत्रकार टिमले पहिलो व्याटिङ गर्दै १५ ओभरको समाप्तिमा ७ विकेट गुमाउदै ६७ रन बनाएका थिए । त्यस्तै नगरपालिका टिमले ६८ रनको लक्ष्यलाई पछ्याउँदै ११ औं ओभरमा बिना विकेटको क्षतिमा १० विकेटले जित हासिल पारेका हुन् । म्यान अफ द म्याच गौर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर भएका हुन । त्यस्तै योजना प्रमुख जितेन्द्र भारतीले नटआउट २२ रन बनाएका थिए।