काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पार्टीको संसदीय दलका नेता रामसहायप्रसाद
यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले
यस्तो निर्णय गरेको हो । नेता यादव बारा २ बाट निर्वाचित हुनुभएको थियो ।
सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो । गठबन्धनको
तर्फबाट राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित
हुनुभएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here