काठमाडौं । प्रदेश – १ को नाम कोसी राख्न नेकपा एमाले र नेपाली काँग्रेसको तयारी भईरहेको छ । नेकपा एमाले र काँग्रेसको पछिल्लो छलफलले प्रदेश – १ को नाम कोसी राग्ने सहमति उन्मुख भएको स्रोतले जानकारी दिनु भएको छ ।
आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण गर्ने प्रस्ताव पेस हुने सम्भावना रहेको छ ।
दलहरुबीच सहमति भए आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल हुने एमाले नेताहरुले बताएका छन् ।
त्यसका लागि आजै कार्यव्यवस्था परामर्श मितिको बैठकसमेत बस्ने जनाइएको छ ।
यसअघि पनि नेकपा एमालेले प्रदेश – १ को नाम कोसी राग्नुपर्ने अडानमा थियो । माओवादी पहिचानका आधारमा राखिनुपर्न अडानमा थियो ।
त्यस्तै नेपाली काँग्रेसले स्पष्ट नाम बताउन सकेको थिएन । तर पछिल्लो समय काँग्रेसले एमालेको प्रस्तावमा समर्थन जनाउने स्थिति नजिक पुगेकाले प्रदेशको नाम कोसी हुने लगभग निश्चित भएको दलहरुले बताएका छन् ।
प्रदेश – १ मा ९३ सांसद छन् । प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । जुन नेकपा एमाले र काँग्रेस एक भए दुई तिहाइ बहुमत पुग्छ ।
एमाले र काँग्रेसको सहमतिमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० र नेकपा एकीकृत समाजवादीले भने फरक मत राखेका छन् ।