मोरङ — प्रदेश १

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झकोशी प्रदेशञ नामकरणका लागि दिएको समर्थन फिर्ता लिएको छ । उक्त प्रस्तावमा समर्थक बसेका कांग्रेसका प्रदेश सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ताका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् ।
कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले कोशी प्रदेश नामकरण प्रस्तावमा एमाले प्रस्तावक र कांग्रेस र माओवादी केन्द्र समर्थक बस्ने सहमति भएको बताए । तर प्रस्ताव दर्ता गराउने बेलामा माओवादी पूर्वसहमति अनुसार समर्थक नबसेकाले कांग्रेस पनि समर्थन फिर्ता लिएको उनको भनाइ छ । उनले समर्थन फिर्ता लिए पनि मतदान कोशी प्रदेशमा नै गर्ने बताए । कोशी प्रदेश ननमकरणका लागि दर्ता गरिएको प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी, एमालेका निरन राई र बिदुरकुमार लिङ्थेप समर्थक रहेका छन् ।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरण गर्नैपर्ने अवस्था भएकाले कोशी प्रदेशमा नै मतदान गर्ने निर्णय भएको बताए ।

प्रतिपक्षी नेकपा ९एकीकृत समाजवादी० र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा झकिरात(लिम्बुवान(सगरमाथा प्रदेशञ नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यी दुई वटा प्रस्ताव सदनमा पेस हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here