काठमाडौँ , १५ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले उपयुक्त समय नआउन्जेलसम्मका
लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँले बैठकले राष्ट्रपति निर्वाचनका लागि नेकपा एमाले र नेपाली काँग्रेस दुवै दलले सहयोग मागेपनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्ने बारेमा कुनै निर्णय लिइ सकेको स्पष्ट पार्नुभयो । सहमहामन्त्री बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गर्नुभएको बताउनु भयो ।








